arrow

चौकीमा आक्रमण गरी लुटिएका हतियार प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Surkhet-hamrakura-news.jpeg

नेपालगन्ज । सुर्खेतको आग्री गाँउस्थित देउली प्रहरी चौकीबाट स्थानीय युवाले लुटेका हतियार प्रहरीले बरामद गरेको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव नेपालका अनुसार, करिब ३० जनाको संख्यामा रहेका स्थानीयले घरेलु हतियारसहित प्रहरी चौकीमा आक्रमण गरी प्रहरीको हतियार खोसेका थिए ।

उनका अनुसार, स्थानीयले चौकीमा रहेको दुई थान राइफल, चाइनिज पेस्तोल एक थान, हतकडी एक थान र करिब १५८ राउण्ड गोली लुटेकोमा प्रहरीले सो हतियार अहिले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।

गएराति रक्सी सेवन गरेका युवा समूह र एक जना चौकीका सिपाहीबीच विवाद भएको केही समयपछि स्थानीयको समूहले चौकीमा आक्रमण गरी तोडफोड गर्नुका साथै हतियार लुटेका थिए ।

सो घटनापछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षकको कमाण्डमा खाजविन भइरहेको डिआइनी नेपालले बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ