arrow

धना खतिवडा भन्छिन्, –अब मुलुक हाक्ने जिम्मा महिलाकै काँधमा

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Dhana-G-news.jpeg

पाँचथर । कांग्रेस भ्रातृ संगठन नेपाल महिला संघकी महासचिव धना खतिवडाले अव महिलाहरु मुलक हाक्न सक्ने क्षमतामा पुगिसकेको बताएकी छन् । महिलाहरुलाई काम गर्ने अवसर दिए हरेक क्षेत्रमा सक्षम, सबल र क्षमता प्रर्दशन गर्न सक्ने किसिमका महिलाहरु आउँदै जाने बताइन् ।   

पाँचथरका फिदिममा वुधबार साँझ हामी सित कुराकानी गर्दै महिलाहरु थप्नका लागि मात्रै नभएर नेतृत्व प्रर्दशन गर्ने किसिमको आउने बताए । महिलाहरुको चौतर्फी क्षमता विकासका लागि महिला संघले जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्ने उनको भनाई छ ।
उनले भनिन्, ‘अव देश हाक्ने भनेको महिलाहरुले हो,अब महिलाहरु एस म्यान भएर होइन् नेतृत्व प्रर्दशन गर्ने किसिमबाट आउँदैछन् र आउनुपर्दछ ।’

यस्तै उनले अब सबै दलहरु एकमत भएर संविधान संशोधन गर्दै यसको कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । अब जसरी पनि २०७४ माघ भित्रमा स्थानीय प्रदेश र संघको चुनाव गरिसक्नुपर्ने र तीनै तहमा क्षमतावान महिलाहरु आउने उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ