arrow

पत्रकार बास्तोलामाथि भएको प्रहरी ज्यादतीको सर्वत्र विरोध

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
Journalist-Step-5.jpg.jpeg
काठमाडौं । पत्रकार मोहन बास्तोला माथि भएको प्रहरी ज्यादतीको सर्वत्र विरोध भएको छ । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको विषयलाई लिएर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरी आक्रमण समेत गरिएको भन्दै विरोध सुरू भएको हो । 
 
उनी पहिलो न्यूज डट कमका कार्यकारी सम्पादक तथा प्रेस चौतारी नेपाल अनलाईन प्रतिष्ठानका अध्यक्ष समेत हुन् । उनको आक्रमणले सम्पूर्ण पत्रकारिता माथिकै आक्रमण भएको भन्दै दोषी माथि कारबाहीको माग पनि गरिएको छ। उनी माथिको आक्रमणको प्रेस चौतारी नेपाल, अनेरास्ववियू लगायतले विरोध जनाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ