arrow

उपप्रधानमन्त्री निधि नयाँ दिल्लीमा, बिहिवार फर्कने

logo
प्रकाशित २०७३ कार्तिक १७ बुधबार
bimalendra_nidhi.jpeg
काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । 
 
उपप्रधानमन्त्री निधिले नेपालका तर्फबाट भोलि बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । उपप्रधानमन्त्री निधिले विपद् जोखिममा नेपालले गरेका प्रयास एवम् भूकम्प र त्यसपछिको पुनःनिर्माणमा सरकारले गरेका कार्यका बारेमा जानकारी गराउनेछन् । 
 
मङ्गलबार नयाँ दिल्ली प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री निधि नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको तयारीका लागि भोलि नै स्वदेश फर्कनेछन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ