arrow

ग्रामीण सडकमा क्षमता भन्दा बढी यात्रु बोक्दै

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० कार्तिक १३ सोमबार
over-load-micro.jpg

डडेल्धुरा । डडेल्धुराका स्थानीय तहका ग्रामीण सडकमा चल्ने गाडीहरुले क्षमता भन्दा बढी यात्रु बोकिरहेको पाइएको छ । दशैँ सकिएसँगै अहिले आफ्नो कार्यक्षेत्रतर्फ फर्किनका लागि जिल्लाका विभिन्न गाउँबाट नागरिकहरु सदरमुकाम पुग्ने गरेका छन् । ग्रामीण सडकमा चल्ने साना जीपहरुमा यात्रु झुन्डिएर जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

पछिल्लो समयमा दशैँ सकिए लगत्तै गाउँबाट बजार पस्नेको संख्या पनि बढेको छ । ग्रामीण सडकमा चल्ने गाडीहरु यसै जोखिम, त्यसमाथि यात्रु अनुसारको गाडी क्षमता नँहुदा आफूहरुले जोखिम मोलेरै भए पनि कर्म थलो जानका लागि भए पनि झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता भएको एक जना यात्रु खेमराज भट्टले गुनासो गरे ।

डडेल्धुरा सदरमुकाम बागबजारमा रहेको बसपार्कसम्म जिल्लाका सात ओटै स्थानीय तहका नागरिकहरु पुग्ने गरेको भए पनि विशेष गरेर आलिताल गाउँपालिका र परशुराम नगरपालिका बाहेकका क्षेत्रबाट यात्रुहरुको आवतजावत बढी हुने गरेको छ । जिल्लाको बोगटा–बगरकोट हुँदै डडेल्धुरा, रुवाखोला– भात्काँडा, गणेशपुर– रडुवा, नबदुर्गा– पोखरा लगायतका सडकमा चल्ने जीपहरुमा झुण्डिएर तथा छतमासमेत यात्रुले यात्रा गरेको पाइन्छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब निरीक्षक भिमबहादुर बोहराले सवारी चेकजाँचमा कडाइ गरेको बताउँछन् । तर सवारी धनीले यात्रुहरुलाई प्रहरीको चेकिङ हुने ठाउँहरु भन्दा केही अगाडिका मोडहरुमा गाडीबाट यात्रु झारेर हिँडाउने गरेको पाइएको छ ।

जिल्लाका तीन ठाउँमा ट्राफिक प्रहरीका चेकिङ पोष्ट भएता पनि ग्रामीण क्षेत्रका सडकमा चल्ने सवारी साधनमाथि ट्राफिक प्रहरीको निगरानी भने देखिँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ