प्रधानाध्यापकमाथि गोली प्रहार, भारतीय नम्बर प्लेटको मोटरसाइकलको प्रयोग
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
891
Shares
बारा । बाराको कलैयामा अज्ञात समूहले एक प्रधानाध्यापकमाथि गोली प्रहार गरेको छ । अज्ञात समूहले कलैयामा बाल एकता बोर्डिङ सञ्चालक तथा प्रधानाध्यापक रुपेश सर्राफमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।
उनलाई उपचारका लागि एलएस न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
गोली प्रहार गर्ने अज्ञात समूहले भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार गोली प्रहार गर्ने अज्ञात समूहका दुई जना कलैया बजार तर्फ भागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।