arrow

जसपाले समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
JasAPA.png
तस्बिर – फाइल ।

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालले मधेस प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा यादवलाई चयन गरिएको हो । 

आजको बैठकमा सङ्घीय संसदमा पेस हुन लागेका ऐनबारेमा पनि छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ