arrow

सन् २०३४ को विश्वकप फुटबल साउदीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
saudi-arabia.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सन् २०३४ को विश्वकप फुटबलको आयोजना साउदी अरेबियाले गर्ने पक्का जस्तै भएको छ । अर्को दाबेदार मुलुक अष्ट्रेलियाले नाम फिर्ता लिएपछि साउदीले आयोजना गर्ने पक्का जस्तै भएको हो । 

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा दाबेदारी प्रस्तुत गर्ने औपचारिक समय सकिनु अगाडि अष्ट्रेलिया पछि हटेसँगै साउदी एकमात्र दाबेदार बचेको हो । 

फुटबल अष्ट्रेलियाले सन् २०२६ को एएफसी वुमेन्स कप र सन् २०२६ को क्लब वर्ल्डकप आयोजनामा आफू केन्द्रित हुन चाहेको भन्दै सन् २०३४ को आयोजनाबाट पछि हटेको हो । 

साउदीले भने सन् २०२२ कै विश्वकप आयोजना गर्नका लागि निकै मेहनत गरेको थियो । उसले कतारमा सम्भव नहुने भन्दै आफूले आयोजना गर्ने दाबी गर्दै आएको थियो । 

तर कतारले भने सन् २०१० देखि नै आयोजनाका लागि मैदान बनाउन थालेको थियो । पहिलो पटक विश्वकप फुटबल नोभेम्बर–डिसेम्बरमा कतारमा भएको थियो । जबकि सामान्यतया विश्वकप जुन–जुलाईमा हुने गर्छ । 

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गर्दैछन् । 

सन् २०३० को विश्वकप मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रुपमा आयोजना गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ