arrow

आगोमा जलेर एक बालिकाको मृत्यु

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
fire.jpeg
राजविराज । सप्तरीको बेल्हीचपेना–६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । 
 
स्थानीयवासी शिवनारायण मण्डलको घरमा टुकीबाट अचानक सल्केको आगोले निजको टिनको छानो भएको एकतले कच्चीघर जल्नुका साथै सोही आगलागीमा परी उनकी १२ वर्षीया छोरी सङ्गीता मण्डलको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 
 घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 
 
सो आगलागीबाट घरमा रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा र नगद गरी रु डेढ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ