arrow

राष्ट्रसंघीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
antonio-guterres-annapurna.jpg
तस्बिर : फाइल

काठमाडौं। नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।

गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधबार बिहान मृत्यु भएको छ। गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुंगाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए।

तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुंगाना भने हिँडेर फर्किदा लेक लागेको हो।

मंगलबार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधबार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ