arrow

अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्प विश्वकै लागि खतरा – ओबामा

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
obama.jpeg
नर्थ क्यारोलाइन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विश्वकै लागि खतरनाक भएको बताएका छन् । उत्तर क्यारोलाइना राज्यमा डेमोक्रेटिक पार्टीको चुनावी प्रचारका क्रममा बोल्दै ओबामा ट्रम्पप्रति निकै आक्रामक बनेका हुन् । 
 
अल्पसंख्यकप्रति कठोर बन्ने व्यक्ति अमेरिकी सेनाको कमाण्डर इन चिफ बन्न लायक नरहेको पनि ओबामाको जिकिर छ । 
 
आसन्न निर्वाचनमा हिलारी क्लिन्टन पराजित भएमा पछिल्लो आठ वर्षमा अमेरिकाले गरेको सबै प्रगति उल्टने दाबी ओबामाको छ । 
 
उता ट्रम्पले भने आगामी हप्ता हुने निर्वाचनमा हिलारी क्लिन्टनले जितेमा अमेरिकाले संवैधानिक संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । 
 
हिलारीले जितेमा उनीमाथि आपराधिक आरोप लाग्न सक्ने पनि ट्रम्पको तर्क छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ