arrow

मानव अधिकार आयोगलाई 'क’ श्रेणीमा नै राख्ने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
human-right-nepal.JPG

काठमाडौँ । अन्ततः राष्ट्रिय मानव अधिकार आयोग क’ श्रेणीमा नै परेको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेको हो । 

 आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।
 
 पेरिस सिद्धान्तअनुरुप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सरकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो । 

यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ