arrow

बोली सपार्दै माओवादी, जन प्रदर्शन धम्की नभइ ‘माओवादी रुपान्तरण अभियान’ मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गणतन्त्र खतरामा परेको भन्दै मंसिरदेखि जन प्रदर्शनका नाममा सडकमा ओर्लिने भनी माओवादी केन्द्रले गरेको घोषणालाई सुधार गर्ने भएको छ ।

सडक संघर्षमा उत्रिने भन्दै माओवादीले चेतावनीयुक्त सन्देश सम्प्रेषण गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएपछि बोली सपार्दै विशेष पत्रकार सम्मेलनको आयोजना गरेर स्पष्ट पार्ने भएको छ । 

पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे सो पत्रकार सम्मेलन आयोजना गर्न लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

कांग्रेसलगायतले माओवादीले गर्न लागेको सो प्रदर्शनको आलोचना गरेपछि महासचिव देवप्रसाद गुरुङले  ‘जन प्रदर्शन’ नभएर ‘माओवादी रुपान्तरण अभियान’ अन्तर्गत एक कार्यक्रम मात्रै भएको स्पष्टीकरण दिएका छन् । 

यसलाई थप प्रस्टाउनका लागि आज पत्रकार सम्मेलन गर्न लागिएको बुझिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ