arrow

शून्य समयको एक मिनेट बोल्नुभन्दा सरकारको विरोधमा मौन धारण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
sanjay-kumar-gautam-bardiya-1-congress-mp-2079-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्ताधारी दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारविरुद्ध एक मिनेट मौनधारण गरेका छन् । प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने पालो आउँदा उनले आफ्नो समयको एक मिनेट मौन धारण गरेका हुन् । 

शून्य समय एक सांसदका लागि एक मिनेट हो र सांसद गौतमले त्यही एक मिनेट मौनधारण गरेर टुंग्याए । उनले आफूले आफ्नो निर्वाचन क्षेत्र बर्दियाको विषयसहित उठाएका अन्य विषय सरकारले नसुनेको भन्दै सांकेतिक रुपमा मौनधारण गरेर सरकारको विरोध गरेका हुन् ।

सांसद गौतम तिनै सांसद हुन् जसले गत जेठ महिनामा आफ्नो निर्वाचन क्षेत्रमा पटकपटक आवाज उठाउँदा पनि पुल निर्माण नभएको भन्दै पुलमुनि गएर अनसन नै बसेका थिए । 

सरकारले सहमति गरेर अनसन तोडाएको थियो । तर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सहमतिको कार्यान्वयन नगरेको उनको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ