arrow

म्यानमारको सेनाले गुमायो सीमावर्ती शहरमा नियन्त्रण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
myanmar_1618127849.jpg
तस्बिर – फाइल ।

याङ्गुन । तीन जातीय सशस्त्र समूहसँग धेरै दिनको झडपपछि म्यानमारको सेनाले चिनियाँ सीमामा रहेको एक रणनीतिक उत्तरी शहरमाथि नियन्त्रण गुमाएको सेनाका एक प्रवक्ताले बताएका छन् । 

“चीनको युनान प्रान्तको सीमामा रहेको चिनेश्वेहा सहरमा सरकार, प्रशासनिक निकाय र सुरक्षा निकाय अब छैनन्”, बुधबार राति जाव मिन तुनले एक विज्ञप्तिमा भने । 

म्यानमारको उत्तरी राज्य शानको एउटा ठूलो भागमा शुक्रबारदेखि लडाइँ शुरू भएको छ । त्यहाँ चीनको बेल्ट एन्ड रोड ग्लोबल इन्फ्रास्ट्रक्चर परियोजनाअन्तर्गत एक अर्ब डलरको रेल लिङ्कको योजना बनाइएको छ । 

ता’आङ नेसनल लिबरेसन आर्मी (टीएनएलए), आराकान आर्मी (एए) र म्यानमार नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडीएए) ले म्यानमारको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने थुप्रै सैन्य चौकी र प्रमुख सडकहरूमाथि कब्जा गरेको बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घले हजारौँ मानिस विस्थापित भएको र केही मानिस सीमा पार गरेर चीनमा भागेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म चीनसँग म्यानमारको एक अर्ब ८० करोड अमेरिकी डलरको सीमा व्यापारको एक चौथाईभन्दा धेरै हिस्सा चिनेश्वेहा शहरमार्फत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ