arrow

मुखर्जीले पशुपतिनाथको गरे दर्शन, मुहार प्रफुल्ल, वाग्मती संरक्षणमा चासो

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
Mukharji_Pashupati.jpeg
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीेले पशुपतिनाथ मन्दिरको विशेष पूजा सम्पन्न गरेका छन् । बिहीबार विहानै पूजाआजाको लागि पशुपति पुगेका  उनलाई प्रवेशद्धारदेखि नै विशेष स्वागत गरिएको थियाे। 
 
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ जना वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गरेका थिए। 
 
मुखर्जीले लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेका छन् । यो विशेष पूजालाई मध्यनजर गरी पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । भीभीआइपीको विशेष भ्रमणमा नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मी खटिएका थिए ।  
 
यसरी पशुपतिमा पूजा सम्पन्न गरिसकेपछि राष्ट्रपति मुखर्जीले प्रफुल्लीत मुहारबाट पूजामा आफू सन्तुष्ट रहेको पुष्टि गरेका थिए । उनले पूजाआजा सकेपछि विशेृषगरी वाग्मति संरक्षणमा पनि चासो देखाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
विशेषगरी वाग्मती संरक्षण, भूकम्पबाट क्षति पुगेको पशुपति नाथको पुनर्निर्माणको विषयमा राष्ट्रपतिको विशेष चासोको विषय रहेको कोषका सदस्यसचिव गोविन्द टण्डनले जानकारी दिए । 
 
उनी पूजा सकेर काठमाडौं विश्व विद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनको लागि आर्मी अफीसर्स क्लब भद्रकाली जाँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ