काठमाडौ । बाग्लुङ्गको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेबासद्धारा दिपावलीको अबसरमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्र काठमाण्डौँमा रहेका अनाथ तथा अपाङ्ग अबालवालिकाहरुको सहयोगका लागि देउसी भेलो सञ्चालन गरेको छ ।
मञ्चले काठमाण्डौका विभिन्न स्थानहरुमा खेलिएको देउसी भैलोबाट नगद रु. २ लाख सहयोग संकलन जुटेको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेबासका अध्यक्ष डिल बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
देउसी भैलौबाट संकलित रकम केन्द्रका असाय र अपाङ्ग बालवालिकाहरुको लागि सहयोग गर्ने समेत अध्यक्ष बुडाथोकीले जानकारी दिनुभयो ।