arrow

मुखर्जीको अभिनन्दनमा जाने पाहुनालाई मोबाइल निषेध !

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
mahanagar-Greeting-card.jpeg
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नागरिक अभिनन्दन कार्यक्रममा जाने पाहुनाहरूलाई मोबाईल लैजान निषेध गरिएको छ । महानगरपालिकाले बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा गर्न लागेको नागरिक अभिनन्दनमा आउने पाहुनालाई मोबाईल ल्याउन निषेध गरिएको हो । 
 
महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा आउनको लागि महानगरपालिकाका कार्यकारी निर्देशक रूद्रसिंह तामाङले दिईएको निमन्त्रणापत्रमा नै मोबाईल ल्याउन रोक लगाईएको उल्लेख गरिएको छ ।
 
महानगरपालिकाले सुरक्षा संवेदनशीलताका कारण यस्तो व्यवस्था गरिएको स्पष्ट पारेका छन् । 
 
मुखर्जीलाई अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गरिँदै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ