arrow

विमानस्थलमै हानाहान गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
pilot-plane-cartoon.jpeg

काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । 

आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरू वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै हानाहान भएपछि उनीहरूको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहा निर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

“राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । 

विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उनले भने । 

एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ