- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनुषा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर भ्रमणलाई लिएर सुरक्षा कडाई गरिएको छ । मुखर्जीको रामजानकी मन्दिर दर्शनको पूर्व अभ्यासले प्रमुख जिल्ला अधिकारीलाई फसाद पर्याे ।
उनले मन्दिर दर्शनको पूर्व अभ्यासका लागि १ घण्टा जति जानकी मन्दिर प्रदेशमा रोक लगाउन उर्दी गरे । उनको त्यो उर्दीलाई प्रचारवाजी गर्नेहरुले मुखर्जीको जनकपुर भ्रमणका नाममा एक दिन अघि नै सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक भनेर फसादमा पारिदिए ।
नभन्दै केही मिडियाहरुले समाचार समेत हाले । प्रवेशमा रोक लगाइएको हो भनि सोध्नेहरुले फोन गरेर हैरान पारे । सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले सिडियो साव तनाबमा हुनुुहुन्छ । मलाई त यसबारे केही थाहा छैन भने ।
हैरानीकैबीच प्रजिअ दिलिप कुमार चापागाँईले हाम्राकुरासँग भने, ‘यो कस्ताे बुझाई र सोचाई हो । पूर्व अभ्यास भनेर त्यत्रो माइकिङ्ग गरिएको छ । भनिएको छ । पूर्व तयारीका लागि १ घण्टा मात्र प्रेवश बन्द गर्न लगाएका हौं । फेरि खुला भइसकेको छ ।’ बन्द गरेकै छैन । कल्ले भन्यो तपाईहरुलाई ? उनले प्रतिप्रश्न गरे ।
राष्ट्रपतिको भ्रमणलाई मर्यादित बनाउन हामीले हाम्रो कर्तव्य निभाउन त पर्याे नि– उनले भने । सवारी मार्गमा सुरक्षा अभ्यास पनि गरेका छौं, उनले थपे, ‘भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरधाम भ्रमणका लागि नेपाली सेनाको विशेष सुुरक्षाको व्यवस्था गरिएको छ ।’
नागरिक अभिनन्दनस्थल तिरहुतिया गाछी र जानकी मन्दिरको सुरक्षाको जिम्मा नेपाली सेनासहितको सुरक्षा टोलीलाई दिइएको प्रजिअ चापागाँईले जानकारी दिए । यता, पोखरामा स्वागतका लागि बनाइएको प्रवेशद्वार तोडफोड भएको छ ।
भारतीय राष्ट्रपतिको भ्रमणको तयारी पूरा
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी पूरा भएको छ । मुखर्जीको भोलि शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ । उहाँको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले सजाइएको छ ।
जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरी स्वागतद्वारमा मुखर्जीको ठूला तस्बिरसहित ‘सीतानगरी जनकपुरधाममा स्वागत छ’ भनी लेखिएको छ । मुख्य सडक स्वागतद्वार, बिजुली र सोलारका पोलमा नेपाल–भारतको झन्डाले सजाइएको छ भने सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ ।
त्यस्तै भारतीय राष्ट्रपति मुखर्जीलाई जनकपुरधामवासीद्वारा गरिने अभिनन्दनस्थल तिरहुतिया गाछीमा उच्च सुरक्षा निगरानीमा मञ्च निर्माण र पण्डाल व्यवस्थापनको कार्य पनि पूरा भएको छ ।