arrow

काभ्रेपलाञ्चोकमा आगलागी हुँदा ७२ लाखको क्षति 

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
kavre-fire.jpg

काभ्रेपलाञ्चोक। विद्युत् सर्ट भई आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । 

 पाँचखाल–४ स्थित समाज कल्याण चोकको एक घरका ९ वटा सटरमा रहेका पसलमा क्षति पुगेको छ ।

समाजकल्याणचोकमा उद्धवप्रसाद तिमल्सिनाको घरमा रहेका ९ वटा सटरमध्ये ४ वटा कपडा पसल पूर्ण रूपमा र ३ वटा होटल, १ मोबाइल पसल र १ मासु पसल रहेको सटरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठको अनुसार, शुक्रवार बिहान अन्दाजी सवा ६ बजे शुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोग ६ बजेर ५५ मिनेटमा नियन्त्रणमा आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ