arrow

मुखर्जीले पशुपतिनाथको आगन्तुक पुस्तिकामा हिन्दीमा के लेखे ?

सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
Mukharji_Pashupati-new.jpeg

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरको दर्शन गरेपछि आगन्तुक पुस्तिकामा हिन्दी भाषामा दर्शनले आफु निकै प्रशन्न भएको लेखेका छन् । मुखर्जीले पुनः पशुपतिनाथ मन्दिरको दर्शन पाएकामा निकै आनन्द महसुस भएको उल्लेख गरेका छन् ।

यस्तै, मुखर्जीले पशुपति क्षेत्रका संरचनाको पुनःनिर्माणमा भारतले फेरि पनि सहयोग गर्ने जाहेर गर्दै पशुपति क्षेत्रको घाट पुनःनिर्माणमा सहयोग गर्ने चाहना राखेका छन् । पशुपतिनाथको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा मुखर्जीले खेलेका छन्, ‘पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।’

पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो । यस्तै मुखर्जीले पुस्तिकामा नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुसी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ–भनि लेखेका छन् ।

अद्वितीय पशुपतिनाथ क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सफलताको कामना समेत मुखर्जीले गरेका छन्  । सात वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकामा राष्ट्रपति मुखर्जीले जनाए । मुखर्जीले बागमती सुधारमा निकै चासो राखेका छन् ।

पशुपति परिसरमा पुग्नुभएका राष्ट्रपति मुखर्जीलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नेपाल वेद विद्याश्रमका ब्राह्मण वटुकले वैदिक मन्त्रोच्चारणले स्वागत गरेको कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिए । राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा चढाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ