arrow

कोशी सरकारमा माओवादी र एस सहभागी, उप्रेती र जगेबू मन्त्री नियुक्त

logo
विवेक मिश्र, 
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
koshi-ministers-2080-07-17.jpg

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गठबन्धनको निर्णयविरुद्ध विद्रोह गर्दै नेकपा एमालेसँग मिलेर मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्कीले नेकपा माओवादीका गणेश उप्रेती र नेकपा एसबाट कमलप्रसाद जगेबूलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुले शपथग्रहणसमेत गरिसकेका छन् । उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन बाँकी छ ।

उप्रेती माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए । जगेबू भने पाँचथरबाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।

यसअघि एमाले सरकारमा सहभागी भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ