arrow

एमाले नेता माधव नेपाल मुखर्जी भेट्न पुगे हायात

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
makune--bhet-mukharji.jpeg

काठमाडाैं भारतीय राष्ट्रपति प्रवण मुखर्जीसँग पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले शिष्टाचार भेट गरेका छन् । पार्टीको वैदेशिक मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र राष्ट्रपति मुखर्जीबीच विहिबार हायात रिजेन्सी होटेलमा शिष्टाचार भेट भएको हो ।

एमाले वैदेशिक मामिला विभागका सचिव यादवचन्द्र शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भेटका अवसरमा दुवैबीच दुई मुलुकको आपसी हित र पारस्परिक चासोका विषयमा कुराकानी भएको जनाइएको छ । भारतीय राष्ट्रपति मुखर्जीले पूर्व प्रधानमन्त्री नेपाललाई भारत भ्रमणका लागि निमन्त्रणा समेत गरे ।

नेता नेपालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आपसी हित प्रवद्र्धन र समृद्धिका लागि थप सुदृढ पार्नुपर्ने विचार भारतीय राष्ट्रपतिसामु राखेका बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ