arrow

जाजरकोट भूकम्पबाट ७६ को मृत्यु, १०८ घाइते, प्रधानमन्त्री मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
earthquake-j-2080-07-18v.jpg

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी शनिबार बिहानसम्म ७६जनाले ज्यान गुमाएका छन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भिम ढकालका अनुसार भूकम्पमा परेर १०८ जना घाइते भएका छन् । ‘शनिबार बिहान ६ बजेसम्मको तथ्याङ्क अनुसार ७६ जनाको मृत्यु हुनुका साथै १०८ जना घाइते भएको जानकारीमा छ’, उनले भने, ‘उद्दारका लागि प्रहरी खटिरहेको छ, मृतक र घाइतेको संख्या बढ्न सक्छ ।’

प्रहरीका अनुसार जाजरकोटमा ४० जना र रुकुममा ३६ जनाको शव निकालिएको छ ।  

प्रहरीले नेपालगञ्जबाट प्रहरी अस्पतालको टोली आवश्यक औषधिसहित खटाएको छ भने छिमेकी जिल्लाहरुबाट पनि उद्दारका लागि प्रहरी पठाएको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट गएका छन् । उनको साथमा १६ जनाको मेडिकल टोल पनि सहभागी छ । 

त्यसैगरी नेपाली सेनाको मेडिकल टिम पनि सहभागी भएको छ । 



नयाँ