arrow

जाजरकोटको भूकम्प नयाँ, पराकम्पन आउने क्रम निरन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
earthquake-j-2080-07-18u.jpg

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति ११ः४७ बजे गएको भूकम्प नयाँ भूकम्प रहेको भूकम्पविद् मुकुन्द भट्टराईले जनाएका छन् । 

उनले यो भूकम्प २०७२ सालमा गएको गोरखा भूकम्पको पराकम्पन नभइ नयाँ भूकम्प गएको बताए । 

उनका अनुसार अहिलेसम्म चार वटा ४ रेक्टर स्केलदेखि माथिका पराकम्पन आइसकेको र ४ रेक्टर स्केलभन्दा मुनिका पराकम्पन निरन्तर आइरहेको बताए । 

राति १२ः०८ बजे ४.५ रेक्टर स्केलको, १२ः२९ बजे ४.२ रेक्टर स्केलको, राति १२ः३५ बजे ४.३ रेक्टर स्केलको र बिहान ४ः१६ मा ४‍‍.६ रेक्टर स्केलको पराकम्पन आएको हो । 

ठूलो भूकम्प र त्यसपछि लगातार आएका पराकम्पनका कारण झन् बढी क्षति भएको हो । 

अहिले पनि ठूलो पराकम्पन आउन सक्ने भन्दै डा. भट्टराईले संयमित भएर सुरक्षित रहेर बस्नका लागि आग्रह गरेका छन् । 

भूकम्पमा परी १२९ जनाको मृत्यु भइसकेको छ भने १२१ जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले यो तथ्याङ्क बढ्न सक्ने प्रहरीले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ