arrow

भूकम्पको उद्धार र राहतका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
home-ministry-meeting-2080-.jpg

काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा पारी भएका पीडितको उद्धार तथा राहतका लागि गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । 

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भए पछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको हो ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुख अधिकारीहरुसहित गृह मन्त्रालयका उच्च पदाधिकारी बैठकमा उपस्थित रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ