arrow

भूकम्प अपडेट : रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
Bhukampa rukum.jpg

रुकुम । रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिए । 

उनका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन् । 

चालिस जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । 

भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको सङ्ख्या बढ्नसक्ने उनको भनाइ छ । 

जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । 

सोही भूकम्पका कारण रुकुमपश्चिममा पनि ठूलो मानवीय क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ