arrow

नेपाललाई आवश्यक सहयोग गर्न तत्पर छौं : अमेरिकी दूतावास

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
us-embassy-kathmandu.jpg
तस्बिर-फाइल

काठमाडौँ । यहाँस्थित संयुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ । 

यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ बजे गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । 

भूकम्पका कारण हालसम्म एक सय ३८ जनाको ज्यान गइसकेको छ भने ठूलो मात्रामा भौतिक क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ