arrow

कांग्रेस पूर्व सांसद राजभण्डारीबाट भूकम्प पीडितलाई पाँच लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
divyamani-rajbhandari5.JPG
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद दिव्यमणी राजभण्डारीले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सघाउन पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

समाजसेवामा सदैव सक्रिय रहने राजभण्डारीले भूकम्पबाट जनधनको क्षति भएकामा दुःखी भएको भन्दै निधन भएकाहरु सबैको आत्मा शान्तिको कामनासमेत गरेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले सबै पीडित तथा घाइतेहरुको उद्धार तथा सहयोग गर्नु आफूहरुको कर्तव्य भएको भन्दै आफू र आफ्नो परिवारका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । 

हरेक विपदमा राजभण्डारी सहयोगका लागि अग्रसर रहँदै आएका छन् । यसअघिका भूकम्पदेखि बाढी पहिरो अनि कोरोना भाइरसका बेलामासमेत पीडितलाई सहयोग गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ