arrow

पाँचथरको इलाका नम्बर ९ लाई तुम्बेवा विशेष क्षेत्र घोषणा गर्न माग

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
Panchthar-hamrakura.jpg.jpeg

पाँचथर । पाँचथरको इलाका नम्बर ९ अन्र्तगत मौवा, आङना, हाँगुम वलने गाविसलाई समेटेर तुम्बेवा विशेष क्षेत्र घोषणा गरिनुपर्ने माग राख्दै सो क्षेत्रका स्थानीयहरुले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति तथा जिल्लाका सम्पूर्ण राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

विशेष स्वायत्त क्षेत्रका लागि हुनुपर्ने आवश्यक मापदण्डहरु भएको हुँदा ती गाविसलाई समेटेर तुम्बेवा गाउँपालिका निर्माण गरिनुपर्ने फिदिममा विहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका संयोजक देवेन्द्र खत्रीले बताए ।

उनले भने, ‘त्यस क्षेत्र साक्षरताको अवस्था  कमजोर, न्यून औसत आयु, खानेपानीको चरम अभाव, उच्च शिशु तथा बाल मृत्युदर, दलित र जनजातीको बाहुल्यता रहेको, त्यस क्षेत्रका अधिकांश बहुसंख्यक जनता गरिबीको रेखामुनि रहेको हुँदा विशेष स्वायत्त क्षेत्रका लागि हुनुपर्ने मापदण्ड भित्र परेको छ । त्यसैले यस क्षेत्रलाई विशेष स्वायत क्षेत्र घोषणा गरिनुपर्दछ ।’

यस्तै, कार्यक्रममा बोल्दै नेपाली काँग्रेस आङना सभापति ज्ञान बहादुर भण्डारीले साँवा खोला सीमाना रहेको आङना गाविसलाई एकै पटक कुमायक गाउँपालिका यासोक केन्द्र रहने गरी मिसाइएकोप्रति गम्भीर आपत्ति जनाए ।

उहाँले यसलाई सच्याएर आफूहरुको मागलाई सम्बोधन नगर्ने हो भने चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए । यसअघि प्राविधिक समितीले आङना गाविसलाई कुमायक गाउँपालिकामा र मौवा, वलने र हाँगुम गाविसलाई मिक्लाजुङ गाउँपालिकामा राखेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ