arrow

सांसद सुवेदीले भूकम्प पीडितका लागि एक महिनाको तलब दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
delhiram-subedi-baglung-congress.jpg
तस्बिर – फाइल ।

बागलुङ । गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् । उनले एक महिनाको तलब प्रभावित क्षेत्रमा दिने भएका हुन् । 

भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका पीडितहरूको राहत र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिना बराबरको ५२ हजार २ सय रुपैयाँ पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको उनले बताए । 

बागलुङ क्षेन नं १ प्रदेश सभा (ख) का कांग्रेस सांसद सुवेदीले भनेका छन्,  ‘यो समय सबैको साथ र सहयोगको आवश्यक पर्ने समय हो । आफूले जे जति सकिन्छ त्यो सहयोग गर्न जरुरी छ । प्राकृतिक विपत्तिको क्षणमा सिंगो राष्ट्र नै एक भएर जुटौँ । जहाँबाट जे सहयोग गर्न सकिन्छ त्यो सहयोग गरौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ