arrow

भूकम्प प्रभावित क्षेत्रमा गएका हवाई सवारीको इन्धनको खर्च आयल निगमले बेहोर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
nepal-oil-corporation-2080-03-21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका हवाई सवारीमा प्रयोग भएको इन्धनको खर्च आफैँले बेहोर्ने भएको छ । 

निगमले विनाशकारी भूकम्प र उक्त भूकम्पबाट ठूलो जनधनको क्षति भएको भन्दै ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ । 

निगमले विज्ञप्ति जारी गर्दै घाइतेहरुको स्वास्थ्य उपचार लगायत तत्काल उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन अनुरोधसमेत गरेको छ । 

सो क्रममा विपदको घडीमा प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकोप्टरमा प्रयोग हुने हवाई इन्धनबापतको रकम रकम निगमले आफ्नो आर्थिक वर्ष २०८०–८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएकोसमेत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ