arrow

अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक : अध्यक्ष ढकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
nafis-15th-anniversary-chandra-dhakal-fncci.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधार गर्न सर्वसाधारणको विश्वास बढाउन आवश्यक रहेको बताए।

शनिवार नेपाल आर्थिक पत्रकार सङ्घको १५ औँ वार्षिकोत्सवमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रूपमा भन्दा पनि सबै पक्षहरूलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनु आवश्यक रहेको बताए। उनले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैङ्कमा तरलता सहजता भएको अवस्था छ।

पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदा अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै गएकाले बताए। उनले यसले अर्थतन्त्र पूर्ण चलायमान बनाउन विश्वास बढाउने बताए। उनले अर्थतन्त्रमा देखिएका समस्याका कारण सर्वसाधारणहरू लगानी गर्न डराइरहेको भन्दै सबै निकायहरूको साझा एजेण्डा अर्थतन्त्र सुधार गर्ने भएमा भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुने बताए। उनले अहिले एक आपसमा आरोप प्रत्यारोप गर्नेभन्दा पनि कहाँ–कहाँ कसरी बढ्न सकिन्छ भने बहस गरी अगाडि बढ्न आवश्यक रहेको बताए।

उनले भने,‘वर्तमान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रूपमा भन्दा पनि सबै पक्षहरूलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउनुपर्छ। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति,पर्यटनमा वृद्धि, बैङ्कमा तरलता सहजता भएको अवस्था छ। पछिल्लो विभिन्न तथ्याङ्कले अर्थतन्त्रमा सुधार हुँदै गएको छ।

बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छैन। अब भनेको सर्वसाधारणलाई कन्फिडेन्स विकास गर्न आवश्यक छ। यसको लागि सबै सरोकारवाला निकायहरूको साझा एजेण्डा भयो भने मुलुकले खोजेको अर्थतन्त्र चलायमान हुन्छ। अहिलेको अवस्था एकले अर्कोलाई दोष दिएर भन्दा पनि सकारात्मक रूपमा सूचना प्रवाह गर्न आवश्यक छ।’



नयाँ