arrow

हुर्रानाचको क्रममा छुरा हानेर दुई युवकको हत्या गरिएकाे घटनामा स‌ंलग्न १० पक्राउ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
dash-aviyukt-pakrau.jpeg

विराटनगर । मोरङको लेटाङ भोगटेनी नगरपालिका –५ मा हुर्रानाचको क्रममा भएको दुई जना युवकको हत्यामा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको भनिएका १० जनालाई मोरङ प्रहरीले पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ ।

कार्तिक–१५ गते राति हुर्रानाचको क्रममा स्थानीय युवाहरुबीच झडप हुँदा केरावारी–९ का १७ वर्षीय सोनम गुरुङ र सोही ठाउँका १५ वर्षीय दिपेन गुरुङको हत्या भएको थियो ।

पक्राउ पर्नेमा लेटाङ भोगटेनी–४ का १८ वर्षीय डोक्पा भनिने कपील चेमजोङ, सोही नगरपालिका बस्ने वर्ष ३८ का लिलवहादुर मल्ल ठकुरी, २० वर्षीय निश्चल मगर, १८ वर्षीय सन्तोष विश्वकर्मा, १८ वर्षकै विक्रम मगर, १९ वर्षका उत्तम शाही यसैगरी २३ वर्षका कुमार बस्नेत, १७ वर्षका सविन राई वर्ष १८ का विरे भनिने आदित्य मगर तथा वर्ष २० का रुपन राई रहेका छन् ।

उनीहरुलाइ पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो । सामूहिक झडप हुँदा ती दुई जना युवकमाथी छुरा तथा वासको भाटा प्रहार गरी हत्या गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले बताए ।  

उनीहरुलाई बेलवारी तथा इटहरीबाट पक्राउ गरिएको एसपी भण्डारीले जानकारी दिए । उनीहरुलाई मोरंङका प्रहरी प्रमुख तथा सुनसरीको प्रहरी प्रमुखको टोलीले पक्राउ गरेको पत्रकाकार सम्मेलनमा जानकारी गराइयो । पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान अन्र्तगत विहिबारै म्याद थप गरी मुद्दा चलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ