arrow

प्रहरीले हत्यामा संलग्न तीन जनाको पाता खिच्यो, एक अझै फरार

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
hatkadi-new-ss.jpeg

विराटनगर । विराटनगर उपमहानगरपालिका–५ बस्ने ३३ वर्षीय विपिन ढकालको हत्यामा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ४ का १८ वर्षीय सुरज मण्डल, सोही ठाउका २९ वर्षीय सुरेश कटवाल तथा २७ वर्षीय भिमबहादुर मगर रहेका छन् । घटनमा सलंग्न एकजना फरार रहेको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए ।

उनीहरुलाइ पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको हो । कार्तिक १४ गतेराती साथीहरुसंग भएको विवादमा ढकालको टाउकोमा इटा प्रहारगरी सख्त घाइते बनाएकामा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ