arrow

दिव्यमणी राजभण्डारीले भूकम्प पीडितका लागि दिए पाँच लाख रुपैयाँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
divyamani-rajbhandari-sherbahadur-deuba.jpg

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद दिव्यमणी राजभण्डारीले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सघाउन प्रतिबद्धता गरेको पाँच लाख रुपैयाँ प्रदान गरेका छन् । 

उनले एक द्धार प्रणाली अन्तर्गत कांग्रेसको सबै रकम एकैपटक जाओस् भन्ने लक्ष्य लिएर पाँच लाख रुपैयाँको चेक कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएका छन् । 

समाजसेवामा सदैव सक्रिय रहने राजभण्डारीले सबै पीडित तथा घाइतेहरुको उद्धार तथा सहयोग गर्नु आफूहरुको कर्तव्य भएको भन्दै आफू र आफ्नो परिवारका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गरेका हुन् । 

हरेक विपदमा राजभण्डारी सहयोगका लागि अग्रसर रहँदै आएका छन् । यसअघिका भूकम्पदेखि बाढी पहिरो अनि कोरोना भाइरसका बेलामासमेत पीडितलाई सहयोग गरेका थिए । 

उनले सामाजिक सञ्जालमा ‘मानवताको सेवा नै धर्म हो’ भनेर ‘आफ्नो प्रतिबद्धता अनुसार भुकम्प पीडितको राहतमा सहयोगका लागि एकद्धार प्रणालीबाट दिने निर्णय भए बमोजिम नेपाली काग्रेसले नेपाल सरकारको कोषमा जम्मा गर्ने गरी आदरणीय सभापति शेरबहादुर देउवालाई आफ्नो व्यक्तिगत तर्फबाट रु पाँच लाख हस्तान्तरण गरियो’ भनेका छन् । 

उनले अगाडि भनेका छन्, ‘नेपाली कांग्रेसका सबै नेता र कार्यकर्ताहरुलाई  संस्थागत विकास, एक रुपता र पार्टीका निर्णयलाई शिरोपर गरी पार्टीमार्फत नै सहयोग प्रदान गर्न अपील गर्दछौँ ।’

कांग्रेसले गर्यो सबैलाई सहयोगको आह्वान 
कांग्रेसले सबैलाई नै यथासक्य सहयोग गर्न अपील गरेको छ । पार्टीले एकद्धार प्रणाली अन्तर्गत सबैले पार्टीलाई सहयोग रकम बुझाउने र विपद् व्यवस्थापन कोष बनाएर जतिबेला पनि सहयोग गर्न सक्ने गरी जम्मा गर्न थालिएको छ । 

सोही अनुसार कांग्रेसले सबै सांसदले आधा महिनाको तलब कोषमा जम्मा गर्ने पनि जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ