arrow

महिलालाई नेतृत्व विकास तथा सकारात्मक सोच सम्बन्धी तालिम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
Kundhar aama samuha.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित कुँडहर आमा समूहले आफ्ना सदस्यहरुका लागि नेतृत्व विकास तथा सकारात्मक सोंच सम्बन्धी तालिम आयोजना गर्यो । 

तालिममा सहभागी ४५ जनालाई नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, पोखरा-१२ का सचिव महेश्वर अर्याल र लेखापाल विवेचन घिमिरेले प्रशिक्षण दिएका छन् । 

कार्यक्रम शुभारम्भ गर्दै वडाध्यक्ष सन्तोष बाँस्तोलाले महिला दिदीबहिनीहरुका लागि तालिम निकै महत्वपूर्ण हुने बताए ।

उनले नेतृत्व विकास तालिमले दिदीबहिनीको क्षमता विकासमा महत्वपूर्ण आयाम थपिने विश्वास व्यक्त गरे । 

साथै उनले दिदीबहिनीहरुका लागि आवश्यक पर्ने सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । 

प्रशिक्षक भण्डारीले तालिम लिएपछि दिदीबहिनीहरुको क्षमता विकास हुने र यसले थप हौसला बढ्ने विश्वास व्यक्त गरिन् । 

कुँडहर टोल विकास संस्थाका अध्यक्ष प्रेमप्रसाद गौतमले आमा समूहले तालिम आयोजना गरेको प्रशंसनीय कार्य गरेको बताए । 

समूहकी अध्यक्ष प्रभाकुमारी ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पवित्रा थापाले स्वागत र कोषाध्यक्ष लक्ष्मी थापाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ