arrow

आठबीसकोटमा भूकम्पपीडितले पाए राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
Bhukampa rukum.jpg

त्रिवेणी (रुकुम पश्चिम) ।  रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका भूकम्पपीडित परिवारले राहत सामग्री पाएका छन् । 

नगरपालिकाले आइतबार भूकम्प प्रभावित क्षेत्रको विभिन्न ठाउँमा राहत सामग्री वितरण गरेको हो । मृत्यु भएका २० घरपरिवार र अन्य पूर्णरूपमा क्षति भएका ५० घरधुरीलाई नगरपालिकाले खाद्यान्न सामग्रीसँगै बस्नको लागि टेन्ट, त्रिपाल वितरण गरेको आठबीसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार मृतक प्रत्येक घरपरिवारलाई दुई बोरा चामल, पाँच किलो दाल, पाँच लिटर तेल, चाउचाउ बस्नको लागि टेन्ट उपलब्ध गराएको हो । अन्य पूर्णरुपमा घर क्षति भएका ५० घर परिवालाई दाल, चामल, नुन, तेल र त्रिपाल वितरण गरिएको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहाले जानकारी दिए । 


नगरपालिकाको प्रभावित क्षेत्रमा पुगेर आइतबार ७० बोरा चामल, दुई क्वीन्टल दाल, नुन, तेल लगायत विभिन्न खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । नगरपालिकाको ९, १० र १२ नम्बर वडाका केही ठाउँमा पीडितलाई राहत वितरण गर्न बाँकी रहेको छ । 

आइतबार नगरपालिकाको ११ , १३ र १४ नम्बर वडाका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले जानकारी दिए । बाँकी रहेको क्षेत्रमा भोलि राहत वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकामा विभिन्न सङ्घ संस्थाबाट खाद्यान्न तथा राहत सामग्री आउने क्रम जारी छ । 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परेर रुकुम पश्चिम र जाजरकोट जिल्लामा ठूलो मानवीय क्षतिसँगै भौतिक क्षति भएको छ । रुकुम पश्चिममा भौतिक संरचनामा पु¥याएको क्षतिको विवरण भने अझै आइसकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ