arrow

राष्ट्रपति मुखर्जीसँग काँग्रेसका नेताको भेटवार्ता

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
indain-president-nepali-congress.jpeg
काठमाडौँ। नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले आज साँझ शिष्टाचार भेटवार्ता गरेका छन‍्।
 
राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहेका काँग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिए।
 
राष्ट्रपति मुखर्जीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ एवम् प्रगाढ भएको, दुई देशबीच विश्वासको बाताबरण मजबुत भएको, सद्भाव विकसित भएको र थप सहयोगका क्षेत्रहरु पहिचान भएको काँग्रेस नेताहरुको निष्कर्ष छ।
 
सो अवसरमा भारतीय प्रौद्योगिकी संस्थान (आइआइटी) को अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिने विषयमा समेत छलफल भएको बताइएको छ।
 
भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, गोपालमान श्रेष्ठ, डा मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ