arrow

बुधबारसम्म यस्तो रहनेछ मौसम, चिसोबाट जोगिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
cold-weather.jpg

काठमाडौँ । पछिल्लो समय दैनिक क्रमिक रूपमा तापक्रम घटिरहेको छ । योसँगै देशभर चिसो बढ्दै गएको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात पनि भइरहेको छ ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ। नेपालका केही स्थानमा हिमपात भए पनि मौसम सामान्यतया सफा रहेको छ।

आज देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार पनि सोमबार जस्तै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि हिमपातको सम्भावना छ । राती कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै दैनिक तापक्रम घटिरहेको हुँदा चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ