arrow

विदेशी पर्यटकको रोजाइमा मनास्लु क्षेत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
Manaslu-Region_file_photo.jpg

गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । 

गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । 

चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो ।
 
मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब रु दुई करोड २८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०७९-८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा रु दुई करोड २७ लाख ९७ हजार राजस्व सङ्कलन गरेको हो । 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । 

“कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउने गरेको छ”, कार्यालयका प्रमुख सन्तोष शेरचनले भने, “त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार लिने गरिएको छ ।”

गत आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कूल रु एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । 

त्यस्तै अन्य विदेशी पर्यटकबाट रु दुई करोड २६ लाख ३८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा बृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिए ।

 चालु आर्थिक बर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरुबाट प्रवेश शुल्क वापत ८५ लाख ९ हजार रुपैया राजस्व संकलन भइसकेको छ । 

साउनदेखि असोजसम्मको अवधीमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार आठ सय चार जना गरी कूल दुई हजार नौ सय तीन जना पर्यटक त्यहाँ पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ