arrow

भारतबाट आएको राहत जाजरकोट र पश्चिम रुकुम पठाइँदै

logo
सौरभ गिरी, 
प्रकाशित २०८० कार्तिक २० सोमबार
India Aid.jpeg

नेपालगञ्ज । भारत सरकारले सहयोग गरेको र बाँकेमा संकलित राहत सामग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाइँदैछ । राहत सामग्री ट्रकमा लोड गरेर दुई जिल्लामा पठाउन थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । 

भारतले भूकम्प प्रभावितलाई ‘प्लाष्टिक तार्पोलिन’ त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग १ हजार थान, ब्ल्यांकेट १ हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य सामग्री (४८ प्रकार) का केही कार्टुनमा दिएको छ ।

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन्  । 

भारतले दिने अन्य सामान आज पनि आउँदैछ ।

यस्तै बाँकेका विभिन्न पालिका, संघसंस्था र व्यक्तिगत तवरबाट संकलित राहत सामग्री संगसंगै भूकम्प प्रभावित जिल्लामा पठाउन थालिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ