arrow

ओलीले मुखर्जीलाई भने, 'संविधान कार्यान्वयनको निम्ति हामी अघि बढिरहेका छौँ'

logo
प्रकाशित २०७३ कार्तिक १८ बिहिबार
uml-indian-president.jpeg
काठमाडौँ। नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी र नेकपा (एमाले)का अध्यक्ष एवम प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
 
राष्ट्रपति मुखर्जी बस्दै आएका होटल ह्यातमा भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।
 
भेटका अवसरमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीको भ्रमणको सफलता र दुई देशको मित्रता अघि बढोस् भनी शुभकामना व्यक्त गरेका थिए।
 
राष्ट्रपति मुखर्जीले भारतले नेपालमा स्थिरता होस्, राम्रो होस्, विकास होस् भन्ने चाहन्छ भन्ने कुरा सो अवसरमा राखेको अध्यक्ष ओलीले जानकारी दिए। ‘‘हामी नयाँ संविधान कार्यान्वयनको चरणमा छौँ, संविधान कार्यान्वयनको निम्ति अघि बढिरहेका छौँ’’ भन्नेबारेमा अध्यक्ष ओलीले राष्ट्रपति मुखर्जीलाई जानकारी गराएकोमा उनले त्यसप्रति खुसी व्यक्त गरेका थिए।
 
भेटका अवसरमा उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, नेत्री अष्टलक्ष्मी शाक्य, डा राजन भट्टराईलगायतका नेता सहभागी थिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ