arrow

भूकम्प पीडितलाई सहयोग गर्न समाजवादी मोर्चाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २० सोमबार
samajbadi-morcha-2080-03-04-b.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख  प्रकट गरेको छ । 

मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनामा मृतकका शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नाका साथै पीडितलाई गाँस, बाँस, कपास र पुनःस्थापनाका लागि राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

पीडितको उद्वार तथा आवश्यक उपचारको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको उक्त विज्ञप्तिमा तीनै तहका सरकारले पीडितको उद्धारमा देखाएको अग्रसरताको सह्राना गरिएको छ ।

विज्ञप्तिमा मोर्चा आवद्ध दल त्यसका सबै कमिटीलाई उद्वारकार्यमा सरकारलाई आवश्यक सहयोग गर्न निर्देशन दिइएको छ । विपतको बेलामा सबै प्रकारका सहयोग तथा राहतको व्यवस्था गर्न देश विदेशमा रहेका नेपालीलाई आग्रह पनि गरिएको छ ।    

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ