arrow

दोस्रो पटकको पराकम्पनमा आठबीसकोटका चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
earthquake-jajarkot-rukum-2023-2080.jpg

रुकुम पश्चिम । सोमबार पुनः पराकम्पन आउँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा चारजना घाइते भएका छन् ।

दिउँसो ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प आउँदा नगरपालिकाका चारजना घाइते भएका हुन् । 

घाइते भएका चारै जनालाई तत्काल उद्धार गरी नगर अस्पताल राडीमा पुर्‍याएको नगरप्रमुख रबि केसीले जानकारी दिए । 

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको छ । भूकम्प आउने जोखिम कायमै रहेकाले सचेत रहन नगरप्रमुख केसीले अनुरोध गरेका छन् ।

सोमबार पनि जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

पटकपटक भूकम्पको धक्का महसुस हुँदा स्थानीय झन् त्रसित हुँदै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ