arrow

टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २१ मंगलबार
tata-passenger-motors-workshop-kapan.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरूलाई लक्षित गर्दै नयाँ वर्कसप सञ्चालनमा ल्याएको छ।

करिब ११,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कसपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरेका हुन्। नयाँ वर्कसपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत सम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ।

यस वर्कसपमा पेसेन्जर सेग्मेन्टका गाडीहरूको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत सम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ । यस्तै विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरूको व्यवस्था गरिएको छ। यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ्ग स्टेसन, चार वटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ्ग स्टेसन र आठ वटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्र वटा “बे हरू” रहेका छन्।

उक्त उद्घाटन समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिल भने, “पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरू ग्राहकहरूको नम्बर एक रोजाइमा पर्न सफल भएका छन्। जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो।

टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कसपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ। “उक्त सर्भिस सेन्टरको जानकारी गराउनु हुँदै सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ भने “हामी सदैव ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौँ। यही प्रतिबद्धता स्वरूप सिप्रदीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कसप सञ्चालनमा ल्याइएको हो।”

टाटाका ग्राहकहरूले यस वर्कसपमा अटोप्लस बिमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ