- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै छन् ।
नेपालको पाँच दिने औपचारिक भ्रमणका लागि उनी आज नेपाल आउन लागेका हुन् । तिब्बतको पार्टी सेक्रेटरी छुङछेङ नेपाल भ्रमणको क्रममा द्धिपक्षीय तथा आपसी हितका बारेमा छलफल गर्नेछन ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल हुने जनाइएको छ ।
पाँच दिन नेपाल रहने उनले बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नेछन् भने यस भ्रमणको क्रममा उनी पोखरा पनि जानेछन् ।
उनी चीनले भूकम्प पीडितलाई सघाउने भन्दै घोषणा गरेको राहत लिएर आउने पनि परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।