arrow

भारतीय राष्ट्रपति मुखर्जी दिउँसो पोखरा पुग्दै, तयारी पूरा, पेन्सन क्याम्पमा संवोधन

logo
प्रकाशित २०७३ कार्तिक १९ शुक्रबार
pokhara.jpeg
पोखरा । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी दिउँसो पोखरा पुग्दैछन् ।  
 
कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी दिउँसो १२ः४५ बजे पोखरा विमानस्थलमा पुग्ने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए । 
 
पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्नेछन् ।  
 
क्षेत्रीय प्रशासक बरालका अनुसार पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको छ । 
 
राष्ट्रपति मुखर्जीलाई पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने विरौटास्थित पोखरा ग्रान्ड होटलसम्म विभिन्न टोल समुदायका सर्वसाधारणले स्वागत गर्नेछन् । 
 
त्यस्तै, विमानस्थलबाट राष्ट्रपति मुखर्जीले दिउँसो ३ बजे सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित स्वागत गरिनेछ । 
 
भारतीय पेन्सन क्याम्पमा सम्बोधन गरेपछि उहाँ काठमाडौँ फर्कने कार्यक्रम छ । त्यहाँको सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएकोक छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ