arrow

प्रधानमन्त्री राहत कोषमा पर्यटन मन्त्रालय अन्तर्गतका संस्थाहरुबाट चार करोड बढी सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २२ बुधबार
pm-fund-2080-07-22.jpg

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् । 

बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रालीले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ